मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा मृत्यु हुने नेपालीको संख्या ९

काठमाडौं– कुवेतमा मेथानोल मिसाईएको मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाको मृत्यु भइसकेको विवरण आएका छन्। कयन अस्पताल भर्ना भएका छन्। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि अस्पतालहरूले मेथानोल सम्बन्धी ६३ घटना दर्ता गरेका छन्। शनिबारदेखि मेथानोल मिसाइएको मदिरा सेवनका कारण भएको मदिरा विषाक्तताबाट कुवेतमा २३ जना एसियालीको मृत्यु भएको कुवेती स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।…