काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्नेछ । यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने…