ऊर्जा मन्त्री खड्काको जिकिर : ‘लोडसेडिङको हल्ला निरर्थक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् । मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ । ‘हामीले सुधारलाई तीव्रताका साथ अगाडि बढाएका छौँ…