आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षणका लागि आज ‘धर्मपथ महोत्सव’ आयोजना गर्दै छ । महानगरको वडा नं २३ को आयोजनामा धर्मपथमा महोत्सव गर्न लागिएको हो । विशेषगरी वडाभित्रका मौलिक चालचलन, रहनसहन, वाद्यबादन, गायन, नृत्यलगायत गुथि, खच, पुचले परम्पराका रूपमा मानेका, आफ्नै प्रयत्नले पनि धानेका सम्पदाको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको वडाध्यक्ष मचाराजा महर्जनले जानकारी…