डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

डोटी । डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२, दहबगरका अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए। उनका अनुसार अन्य दुई जनाको भने परिचय खुल्न सकेको छैन। बुधवार बिहान ६ बजे…