जाजरकोटमा सोमबार बिहानसम्म ४ म्याग्निच्युड माथिका ७ सहित ३ सय ८२ वटा परकम्प

काठमाडौँ । गत शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् । शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका ७ वटा परकम्प गएका छन् । कार्तिक १८ गते ४.५, ४.२, ४.३,…