नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रन, सन्दीप जोराले १०,…