आज घरघरमा फूलपाती भित्राइँदै

काठमडौँ । आज नवरात्रिको सातौँ दिन अर्थात् फूलपाती । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा हुने भएकाले दसैँको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम आजबाट झनै बढ्छ । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा…