नवरात्रकाे आज छैटाैँ दिन : कात्यायनी माताको पूजा आराधना गरिँदै

काठमाडाैँ । बडादसैँको आज छैटौँ दिन । आज कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौँ दिन अष्टमातृका भगवतीको छैटाैँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजक दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ ।…