काठमाडौँ -लामो समयपछि मुलुकको निर्यात व्यापारमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सोयाबिन तेल र सनफ्लावर तेलको व्यापारले निर्यातमा नयाँ कीर्तिमान कायम भएको हो। चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)मा नेपालबाट करिब सवा दुई खर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। यो अहिलेसम्मकै धेरै हो। गत आवको तुलनामा निर्यात ७२.७१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।…