सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश अभावका कारण गतसाता स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । आफूमाथिको बलात्कारको आरोप सन्दीपले अस्वीकार गरेका थिए…