काठमाडौँ- सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विषयमा आन्दोलन गरिरहेका समूहलाई वार्तामा आउन अपिल गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न भन्दै वार्तामा आउन अपिल गरेको हो। गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्र्तदलिय संघर्ष समितिलाई सम्बोधन गरी वार्ताका लागि आह्वान गरेको…