काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । आज थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यायिक छानबिनको माग उठेकोमा पनि जवाफ दिँदै न्यायिक छानबिन नहुन पनि सक्ने र छानबिन निष्पक्ष हुने बताएका हुन् । उनले भने, ‘छानबिन हुँदैछ । न्यायिक छानबिन हुन पनि सक्छ, नहुन…