काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका सम्पूर्ण काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । यामबहादुर लिम्बूलगायतले पाथीभरा दर्शन केबलकार प्रालिविरुद्ध दायर गरेको रिटमा शारंगा सुवेदीको इजलासले कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । छलफलका लागि दुवै पक्षलाई आगामी २६ गते बोलाइएको छ । ‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्य…