पशु ढुवानी मापदण्ड कार्यान्वयन गर्न ऐन बन्नुपर्नेमा जोड

काठमाडौं । पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले यसको पालना नगरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । पशु सेवा विभाग र एनिमल नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको पशु ढुवानी मापदण्ड-२०६४ कार्यान्वयनको अवस्था, समस्या र समाधानसम्बन्धी छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास…