स्वर्गीय राजा वीरेन्द्रको ८१औँ जन्म जयन्ती मनाइयो

काठमाडौँ । स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानसहित विभिन्न संघसंस्थाको आयोजनामा सोमबार राजा वीरेन्द्रको ८१ औँ जन्म जयन्ती मनाइएको छ। जावलाखेलस्थित वीरेन्द्रको सालिक तथा तस्बिरमा माल्यार्पण गरी जन्म जयन्ती मनाइएको हो । त्यसअवसरमा वीरेन्द्रको योगदानको चर्चासमेत गरिएको थियो । राजा वीरेन्द्र शाह वंशीय राजामध्येका देशभक्त र जनप्रिय राजा मानिन्छन् । दशौं शाहवंशीय राजा वीरेन्द्रले २०२८ देखि…