काभ्रे । सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेको बैठकले असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए…