चितवन। चितवनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । केही दिनदेखि चितवनमा रहेका रहेका मन्त्री पोखरेल काठमाडौं फर्किन विमानस्थल जानेक्रममा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । चितवनका संयुक्त विद्यार्थी संगठनहरुले भरतपुर विमानस्थल गेट अगाडि प्ले कार्ड बोकेर मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्नुको साथै कालो झण्डा र कालो बेलुन उडाएका थिए ।…