बेँसी सहर-चामे सडकमा राति सवारी सञ्चालनमा लाग्यो रोक

काठमाडौँ । लमजुङ र मनाङ जोड्ने बेँसी सहर-चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मंगलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार वर्षातका कारण सवारी दुर्घटनाको जोखिम…