अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : महामन्त्री शर्मा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने कुरा सही नभएको बताएका छन् । आज (शुक्रबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अध्यादेशको कन्टेन्टको आधारमा बिरोध र समर्थन गर्नुपर्ने बताए । उनले कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट…