ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए ४ जिल्लाका सांसद

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। मन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधि सभा सदस्यहरूलाई छलफल गर्नका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएका हुन् । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने माग स्थानीयले राख्दै आएका छन् ।…