पूर्वी हिमाली तथा पहाडी जिल्ला संखुवासभाको एक मात्रै तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सु र तुवाँलोले १८ दिनदेखि उडान अवरुद्ध भएको छ । गत माघ १५ देखि लगातार रुपमा बाक्लो हुस्सु र तुवाँलोका कारण जहाज अवतरण गर्न नसकेको हो । जहाज उडानका लागि पर्याप्त भिजिविलिटी नभएपछि १८ दिनदेखि जहाज आउन नसकेको बुद्ध एयरलाइन्स तुम्लिङटारका स्टेशन मेनेजर रामकुमार…