भारतको तेलंगानामा रासायनिक कारखानामा विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

एएफपी । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ । जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले भने, “हामीले अहिलेसम्म १२ जनाको शव फेला पारिसकेका छौँ र अझै भग्नावशेषमा खोजी जारी छ ।” यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान…