सिंहदरवारभित्र भएको आगलागीको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ । शनिबार सिंहदरवारभित्र भएको आगलागीको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा सांसदले सिंहदरवार भित्रै रहेको खानेपानी मन्त्रालयमा शनिबार भएको आगलागीको कारण र क्षतिको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सिंहदरवारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागी हुनुको कारणबारे संसद्लाई जानकारी गराउनुपर्ने भन्दै…