मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पोखरी निर्माण

म्याग्दी । मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि यस वर्ष जिल्लाका पाँच वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा पोखरी निर्माण गरिएको हो । पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनजङ्गल क्षेत्रमा रोक्ने उद्देश्यले पोखरी निर्माण गरिएको डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले बताए । “पानी र…