कोशी नदीमा मामा–भाञ्जा बेपत्ता

मोरङ - सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भाञ्जा बेपत्ता भएका छन् । सुनसरीको इटहरी–१६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोलाको कोशीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । आज (सोमबार) विहान ८ः३० बजेतिर बराहक्षेत्र मन्दिर छेउमा भाञ्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको…