भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् । नेपाल उद्योग व्यापार महासंघको आज आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने योजनाबद्ध प्रयास…