तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास-४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यति बेला हाहाकार भएको छ । व्यास-२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नु परेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र…