संसदीय समितिमा सांसदको प्रश्न- पारित भइसकेको अख्तियार विधेयक कता हरायो ?

काठमाडौँ- प्रतिनिधि सभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक कता हरायो भन्दै प्रश्न गरेका छन् । समितिको बुधबारको बैठकमा प्रहरी विधेयकमाथि छलफल भइरहँदा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार विधेयकको खोजी गरेकी हुन् । अख्तियार विधेयक यसै समितिले ६ महिनाअघि सर्वसम्मत पारित गरेको थियो ।नीतिगत निर्णयमा अख्तियारले मुद्दा…