पोखरामा भएको स्कुलबस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । पोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको मेयर धनराज आचार्यले जानकारी दिए । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र…