काठमाडौँ। नेकपा एमालेका सचिव लेखराज भट्टले भीम रावलका कारणले सुदूरपश्चिममा एमालेलाई खासै असर नपर्ने बताएका छन् । एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले यस्तो टिप्पणी गरेका हुन् । रावल एमालेबाट निष्कासनमा परेका छन् । एमालेको सचिवालय बैठकले गत १० पुसमा रावललाई पार्टीबाट निष्कासन गरेको थियो । सचिवालयको उक्त निर्णयलाई केन्द्रीय समितिले समेत स्वीकार गरिसकेको छ…