काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरीतर्फका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले सोमबार राति उनीहरुको बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले जनाएको छ…