बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो

काठमाडौं । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकस्थित रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार रोशी खोलामा पानीको बहाव ह्वात्तै बढेपछि राजमार्गअन्तर्गत काभ्रे खण्डमा सडक अवरुद्ध भएको हो । शनिबारदेखि नै खोलाको जलस्तर बढ्न थालेको थियो भने आइतबार अपराह्न परेको लगातारको वर्षापछि आएको बाढीले…