काँग्रेस पदाधिकारी र मन्त्रीहरूसहितको बैठक बुढानीलकण्ठमा जारी

काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ। बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी छन्। जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए। एमालेसँग सत्ता सहकार्य थालेको ९ महिना पुग्दा सत्तारुढ दल नेपाली काँग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । पछिल्लो समय…