काठमाडौँ । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रवार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा शुक्रवार दिउँसो आक्रमण भएको थियो । जिजी प्रेसका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा सोही क्याम्पसमा समाजशास्त्र अध्ययन गर्ने २० वर्षीया एक किशोरीलाई पक्राउ गरिएको…