जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट प्यालेस्टाइनीलाई हटाएर अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना उत्कृष्ट रहेको बताएका छन्। आइतबार जेरुसेलममा इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी विदेशमन्त्री मार्क रुबियोको भेटमा उनले यस्तो बताएका हुन्। सोही भेटवार्तापछि नेतान्याहुले गाजाका बारे प्रस्ट बाटो तय हुने बताएका छन्। सोही भेटमा गाजालाई अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको दृष्टिकोणलाई कार्यान्वयनका…