जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती

दोधारा चाँदनी (कञ्चनपुर) - पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक एक हजार आम्दानी गर्न थालेकी छन् । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैं घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् । ‘दिनभर…