‘पूर्वप्रधानसेनापतिदेखि पूर्वप्रधानन्यायाधीशसम्मले मर्यादा उल्लंघन गरिरहेका छन्’ : सांसद बस्नेत

काठमाडौँ । पूर्वप्रधानन्यायाधीशदेखि पूर्वप्रधानसेनपतिसम्मले शपथ मर्यादाको उल्लंघन गरिरहेको भनेर संसदमा प्रश्न उठेको छ । पदीय जिम्मेवारी लिनु अगाडि शपथ लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार शपथ लिएर जिम्मेवारी लिने र जिम्मेवारीबाट बाहिरिएपछि शपथको मर्यादा उल्लंघन गर्ने क्रम बढेको भन्दै प्रश्न उठाइएको हो । आइतबार राष्ट्रिय सभाको बैठकमा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले शपथको ब्यहोरा पढेरै सुनाए…