काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनःसँग अनौपचारिक कुरा गर्न सचेत हुनुपर्ने बताएका छन्। सरकारले जारी गरेका अध्यादेश पारित गराउनका लागि पोखरेलले आफूलाई टेलिफोन गरी माओवादीको सहयोग माग गरेको पुनःले बताएका थिए। तर आफूले त्यस्तो नभनेको जिकिर गर्दै महासचिव पोखरेल भन्छन्,‘नेताहरूका बीचमा शिष्टाचारवश हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी…