काठमाडौँ । काठमाडौँ र ललितपुर जोड्ने बालकुमारी पुलस्थित सीसीआरसी कलेज नजिकै आन्दोलनकारीले दुई वटा गाडी जलाएका छन् । त्यस्तै च्यासलबाट काठमाडौँतर्फको भागमा एउटा गाडी जलिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यसअघि बालकुमारीमा एउटा सरकारी जिप जलाएका थिए । गाडी आगजनी गरिएको क्षेत्रमा प्रहरी पुग्न सकेको छैन । नेपाली सेनाको बख्तरबन्द गाडी बालकुमारी पुलमा पुगेको छ ।…