एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ छ । संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् ।…