काठमाडौँ- महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनमा १ बजेसम्म ४६० मत खसेको छ । क्याम्पसमा ५२९ मतदाता रहेका छन् । अनेरास्ववियु र नेविसंघबीच मुख्य प्रतिस्पर्धा भइरहने यो क्याम्पसमा दुवै विद्यार्थी संगठन विरासत जोगाउने र भत्काउने योजनाअनुसार मैदानमा उत्रिएका छन् । नेकपा एमाले निकट अनेरास्ववियु मनकुमारी बुढाको नेतृत्वमा चुनावमा उत्रिएको छ भने काँग्रेसको नेविसंघले बिन्दु पोखरेललाई अघि सारेको…