सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक बाबुले आफ्नो छोराको नाम प्रधानमन्त्री राखेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–३का स्थानीय फुर्वा तामाङले आफ्नो छोराको नाम 'प्रधानमन्त्री तामाङ' राखेर जन्मदर्ता गराएका हुन् । गत मंसिर ५ गते धुलिखेल अस्पतालमा जन्मिएका छोराको नाम प्रधानमन्त्री तामाङ राखेर जन्मदर्ता गराएका हुन् ।