सुनसरी । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घर खर्च जुटाउन सजिलो भएको उनीहरूको भनाइ छ । धरान उपमहानगर-१० का दिया राजधामी हरेक दिन बिहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन्। उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो…