काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका सबै बैठकमा उपस्थित भई राष्ट्रिय सभाप्रतिको जनअपेक्षालाई अझ उच्च तहमा पुर्याउन सबै तहबाट अहम् भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनको प्रारम्भमा सदस्यहरूलाई स्वागत गर्दै अध्यक्ष दाहालले सभा र समितिका कामकारबाहीलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न विगतमा जस्तै स्व अनुशासित…