काठमाडौं– सशस्त्र र नेपाल प्रहरीका कर्मचारीलाई आत्मसुरक्षा र प्रतिरक्षाका निम्ति हतियार बोक्न दिइएको हुन्छ। तर, कतिपय प्रहरी कर्मचारीले आफैंमाथि गोली चलाएर आत्महत्या गरेका थिए। तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको थियो। तुलसीपुर उपमहानगरपालिका– ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको…