जसले ट्रोल गर्छ त्यसलाई ५ लाखसम्म जरिवाना, सामाजिक सञ्जाल विधयेक राष्ट्रिय सभामा दर्ता

काठमाडौं– सामाजिक सञ्जालसम्बन्धी विधयेक राष्ट्रिय सभामा दर्ता भएको छ। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त विधयेक दर्ता गरेका हुन्। विधयेकमा सामाजिक सञ्जालमा ट्रोल गर्नेविरुद्ध ५ लाखसम्म जरिवानालगायतका सजायका विषयबस्तु समेटिएका छन्।