काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटी फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई एक हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका-१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ । वर्कसपले सडक पेटीमा फोहोर मैला गरेको, पैदल यात्रुलाई हिँड्न असहज बनाएको पाइएपछि जरिबाना गरिएको महानगर प्रहरीको भनाइ छ ।