प्रचण्ड’ले भने-जनयुद्धमा उठाएका मुद्दा छोड्दा माओवादी कमजोर भयो

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन् । शुक्रबार दाङको तुलसीपुर-८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारेका हुन् । जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब…