काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सीमा पाँच लाख रुपैयाँ पुर्याउने र औषधि मूल्य समायोजन गर्ने दुई विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राखेको दाबी गरेका छन् । बिहीबार आफ्नो १०० दिने कार्ययोजनाको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा १६ शीर्षकमा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै मन्त्री पौडेलले यी दुई विषयलाई विशेष जोड दिएका हुन्…