डडेलधुरा । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधवार राती अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको छ । घाइते वीर बहादुर कुँवरको…